नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर पुगेका छन् ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि शोक सन्तप्त ओली परिवारसँग भेट्न,समवेदना प्रकट गर्न र ओलीका दिबंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल गुण्डु पुगेका हुन् ।
भेटका क्रममा नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । नेपालका साथ नेकपाका अरु नेता पनि ओली निवास पुगेका थिए ।
पहिले एमालेकै महासचिब रहेका र केही समयदेखि यता राजनीतिक संवाद नभएका नेपाल र ओली अर्थात दुई शीर्ष नेताबीच शोकको समयमा गरिएको भेटले आपसी सद्भाव झल्काएको बताईएको छ ।
पुर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थितिको जानकारी दिँदै श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीका पिता मोहनको ९७ वर्षको उमेरमा शुक्रवार बिहान भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचार क्रममा निधन भएको थियो ।
शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ओली निवास पुगेर र सामाजिक संजाल मार्फत समवेदना व्यक्त गरिरहेका छन् ।











प्रतिक्रिया