भक्तपुरको भुम्डोलबाट इन्सास राइफलसहित एक जना नियन्त्रणमा  


काठमाडौँ। 

भक्तपुरको  सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित  सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाईको कोठा बाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित नियन्त्रणमा लिएको हो ।

 उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली  गत भाद्र २३/२४ को  आन्दोलनमा लुटिएको आशंका गरिएको छ।