काठमार्डौँ
चितवनको भरतपुरस्थित ीयचमक सिबिसी प्लाजामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरिका शाखा सञ्चालनतर्फ कार्यरत कर्मचारीलाई एकै स्थानमा भेला गरी “सेवा उत्कृष्टता तथा अनुपालन” विषयक बृहत् तालिम आयोजना गरेको छ ।
कार्यक्रममा करिब २ सय जना शाखा सञ्चालन कर्मचारी, विभागीय प्रमुख, कार्यकारी, कार्यकारी उपप्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य तथा प्रशिक्षक बैंकिङ तथा बीमा विज्ञ मनोजकुमार भट्टराई र नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा एएमएल÷सीएफटी (सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण) सम्बन्धी विस्तृत प्रशिक्षण उपनिर्देशक सोडारीले प्रदान गरेका थिए भने सेवा उत्कृष्टता सम्बन्धी प्रशिक्षण मनोजकुमार भट्टराईले दिएका थिए । विभागीय प्रमुखसँगको प्यानल अन्तरक्रियाअन्तर्गत विभिन्न सत्र सञ्चालन गर्दै शाखा सञ्चालनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । सहभागीहरूले दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ र जिज्ञासा प्यानलमार्फत सम्बोधन गरिएको थियो । कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रमुख सहायक सेवा प्रमुख उमेशप्रसाद मैनालीले सहजीकरणकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले शाखा सञ्चालनमा खटिने कर्मचारी नै कम्पनीका वास्तविक सेवा दूत भएको उल्लेख गर्दै उनीहरूको कार्यसम्पादनले ब्रान्ड मूल्य र व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । साथै कम्पनीका सञ्चालक हेमन्त नाहाटाले कम्पनीले डिजिटल प्रविधिमा ठूलो फड्को मारिसकेको र अब कृत्रिम बुद्धिमत्ता तर्फ अघि बढ्ने तयारी गरेको जानकारी दिनुभयो ।
नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित जीवन बीमा कम्पनी सूर्यज्योति लाइफको चुक्ता पुँजी ५०१ करोड रुपियाँ रहेको छ । कम्पनीसँग ४,६१७ करोड रुपियाँ जीवन बीमा कोष, ५,१२० करोड रुपियाँ लगानी, ६१८ करोड रुपियाँ नेटवर्थ, १ लाख ७ हजार अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख र देशभर १७६ शाखा सञ्जाल रहेका छन् । साथै कम्पनीले ३५ घातक रोगविरुद्ध ५० लाख रुपियाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया