काठमाडौँ ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।
आज राति अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।











प्रतिक्रिया