वर्ल्डकप २०२६ : समूह ई मा चारै टिमको बराबर संभावना

0
Shares

यही जून ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त आयोजना हुने फिफा वर्ल्डकपमा समूह ई मा जर्मनी बलियो टोली रहेको छ । यस समूहमा चार पटकको वर्ल्ड च्याम्प्यिनलाई नयाँ टिम क्युरासाओ, ईक्वेडर र आइभरी कोस्टले चुनौती दिनेछ

जर्मनी

जर्मनीले चारपटक वर्ल्डकप उपाधि जितेको छ । पछिल्लोपटक ब्राजिलमा भएको २०१४ को वल्र्डकपमा जर्मनीले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । यो राष्ट्र एकिकरणपछिको पहिलो वल्र्डकप उपाधि पनि हो । यसअघि तीन वटा वल्र्ड कप उपाधि पश्चिम जर्मनीले जितेको थियो ।
२०१४ मा च्याम्पियन भएपछि भने जर्मनीको प्रदर्शन खराब बनेको छ । २०१८ र २०२२ को वल्र्डकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । यसपटक जर्मनीले यो खराब यात्रालाई पूर्णविराम लगाउने लक्ष्य लिएको छ ।

वर्ल्डकप यात्रा :

समूह चरण ः १९३८, २०१८, २०२२

क्वार्टरफाइनलः १९६२, १९७८, १९९४, १९९८

चौथो स्थानः १९५८

तेस्रो स्थानः १९३४, १९७०, २००६, २०१०,

रनरअपः १९८२, १९८६, २००२

च्याम्पियनः १९५४, १९७४, १९९०, २०१४

ईक्वेडर
ईक्वेडरको वल्र्डकप यात्रा खासै त्यति राम्रो बनेको छैन । टिमको एक मात्र उपलब्धि भनेको २००६ को वल्र्डकपको नकआउट चरणमा पुग्नु हो । अन्य तीनै वटा वल्र्डकप सहभागिता समूह चरणसम्म रह्यो । यसमा गत वल्र्डकप २०२२ पनि सामेल छ ।

वर्ल्डकप यात्रा :

समूह चरण : २००२, २०१४, २०२२

अन्तिम १६ : २००६

आइभरी कोस्ट

आइभरी कोस्टले १२ वर्षपछि पुन वल्र्डकपमा खेल्दैछ । यसअघि खेलका तीनै वल्र्डकपमा आइभरी कोस्टको यात्रा समूह चरणसम्मै रह्यो । डिडियर ड्रोग्बा जस्ता वल्र्ड क्लास खेलाडीको संलग्नतामा समेत टिम नकआउट चरणमा पुग्न सकेन । यस्तै, २०१० मा आफ्नै महादेश अफ्रिकामा भएको वल्र्डकपमा पनि टिमको यात्रा समूह चरणमै सकिएको थियो ।

वर्ल्डकप यात्रा :
समूह चरण : २००६, २०१०, २०१४

क्युरासाओ

क्युरासाओ पहिलोपटक वल्र्डकपमा खेल्दैछ । प्रतियोगिताको छनोटमा समूहमा शीर्ष स्थानमा रहेर क्युरासाओ वल्र्डकपमा छनोट भएको हो । यो प्रतियोगिताको सानो राष्ट्र पनि हो । टिमको लागि नतिजा कस्तो रहन्छ भन्दापनि प्रतियोगितामा खेल्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि रहनेछ ।
समूह ई