यही जून ११ देखि सुरु हुने फिफा वर्ल्डकपअन्तर्गत् समूह एफ मा दुई युरोपियन टिमहरू बलियो हुने देखिएको छ । तीन पटक वर्ल्डकपको फाइनल खेलिसकेको नेदरल्यान्ड्स र स्वीडेनले समूह चरण पार गर्ने संभावना छ । तर, एसियन टिम जापान यी टिमहरूका लागि चुनौती हुने पनि त्यतिकै संभावना हुन सक्नेछ ।
नेदरल्यान्ड्स
वल्र्डकपमा नेदरल्यान्ड्स अभागी टिमको रूपमा परिचित रहेको छ । क्रिकेटमा साउथ अफ्रिकालाई चोकर भने जस्तो फुटबलमा नेदरल्यान्ड्सलाई चोकर टिम भनिन्छ । १९७४ र १९७८ को लगातार दुई वल्र्डकपमा फाइनल पुगेपनि डच टिमले उपाधि हात पार्न सकेन । १९७४ मा पश्चिम जर्मनीसँग र १९७८ मा अर्जेन्टिनासँग पराजित भएको थियो ।
यसपछि २०१० को वल्र्डकपमा पनि फाइनल पुगेको डच टिम फेरि एकपटक उपाधि उचाल्न असफल भयो । साउथ अफ्रिकामा भएको यस वल्र्डकपको उपाधि स्पेनले उचालेको थियो । अहिले पनि डच टिमलाई उपाधि दावेदारीको रूपमा नै हेरिएको छ ।
वर्ल्डकप यात्रा :
अन्तिम १६ः १९३४, १९३८, १९९०, २००६
क्वार्टरफाइनलः १९९४, २०२२
चौथो स्थानः १९९८
तेस्रो स्थानः २०१४
फाइनलः १९७४, १९७८ र २०१०
स्वीडेन
वर्ल्डकपमा स्वीडेनको उपस्थित पनि दरो नै हुने गरेको छ । स्वीडेनले एकपटक मात्रै फाइनल खेलेको छ । त्यो फाइनल १९५८ मा स्वीडेनले नै आयोजना गरेको वल्र्डकप थियो । फाइनल खेलमा घरेलु समर्थकको अपार समर्थन भएपनि फुटबलका जादुगरी खेलाडी पेले सम्मिलित ब्राजिलसँग स्वीडेन पराजित हुनु परेको थियो । यहिदेखि नै पेले वल्र्डमा पोपुलर भएका थिए ।
यसपछि स्वीडेनले फाइनल खेल्न पाएको छैन । त्यसो त स्वीडेनको प्रदर्शन उत्कृष्ट नै हुने गरेको छ । तापनि १९५८ पछि यो टिमले फाइनलको यात्रा गर्न सकेको छैन । पछिल्लो वल्र्डकप २०२२ मा स्वीडिश टिम क्र्वाटरफाइनलसम्म पुगेको थियो । यसअघिका दुई संस्करणमा छनोट हुन नसकेको यो टिम यसपटक प्लेअफमा जितेर छनोट भएको हो ।
वल्र्डकप यात्रा :
समूह चरण ः १९७०, १९७८, १९९०
अन्तिम १६ः २००२, २००६
क्वार्टरफाइनलः १९३४, १९७४, २०१८
चौथो स्थानः १९३८
तेस्रो स्थानः १९५०, १९९४
फाइनलः १९५८
जापान
जापान एसियन प्रतियोगितामा नम्बर वान भएपनि वल्र्डकपमा प्रदर्शन औसतभन्दा माथि पुगेको छैन । कहिले राम्रो कहिले नराम्रै खेलिरहेको जापानको उत्कृष्ट प्रदर्शन भन्ने नै छैन । जापानी टिमको यात्रा अन्तिम १६ सम्म सीमित भइरहेको अवस्था छ । त्योभन्दा माथि जान सकेको छैन । यसपटक पनि जापानको लागि समूह चरण पार गर्न नै मुश्किल हुने देखिन्छ । समूहमा यो एसियन शेरले नेदरल्यान्ड्स र स्वीडेन जस्ता शसक्त टिमको चुनौती पार गर्नु पर्नेछ ।
वल्र्डकप यात्रा :
समूह चरण : १९९८, २००६, २०१४
अन्तिम १६ः २००२, २०१०, २०१८, २०२२
ट्युनिसिया
अफ्रिकी टिम ट्युनिसियाले अहिलेसम्म वल्र्डकपमा ६ पटक खेलेको छ । ट्युनिसियाले यी सबै संस्करणमा समूह चरण पार गर्न सकेन । पछिल्लो दुई वल्र्डकपमा टिमको प्रदर्शनमा केही सुधार देखिएपनि त्यतिबेला पनि समूह चरण पार गर्न असफल भएको थियो । यसपटक त समूहमा कठिन टिमहरू भएको हुँदा ट्युनिसियाले समूह चरण पार गर्न उच्चस्तरको प्रदर्शन गर्नु पर्ने हुन्छ । अन्यथा यो वल्र्डकप पनि यो अफ्रिकी टिमको लागि सहभागितामै सीमित हुने छ ।
वल्र्डकप यात्रा :
समूह चरण : १९७८, १९९८, २००२, २००६, २०१८, २०२२












प्रतिक्रिया