काठमाडौँ
मेटलाइफ नेपाल ले आफ्ना ग्राहकलाई फर्टिलिटी तथा आईभीएफ सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले वात्सल्य नेचुरल आई वी एफ प्रा.लि.सँग सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत ‘वान बाइ मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहक र उनका परिवारका सदस्यले वात्सल्यका क्लिनिकमा विशेष दरमा सेवा लिन सक्नेछन् ।
डिजिटल कार्डधारकले प्रमुख डायग्नोस्टिक परीक्षणमा १५ प्रतिशत छुट, पूर्ण आईभीएफ प्याकेजमा अधिकतम २० हजार रुपियाँसम्म स्थिर छुट तथा अन्य फर्टिलिटी स्वास्थ्य जाँच र परामर्श सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यस पहलले फर्टिलिटी उपचारमा पहुँच विस्तार गर्दै लागत, सामाजिक संकोच र जानकारी अभावका कारण देखिएका अवरोध घटाउन सहयोग पु¥याउनेछ ।
मेटलाइफको ग्राहक–केन्द्रित दृष्टिकोण र वात्सल्यको विशेषज्ञतालाई एकै ठाउँमा जोड्दै यो सहकार्यले परिवारको अभिभावकत्व यात्रामा आशा र भरोसा थप्ने विश्वास व्यक्त गरिएको छ। सन् १८६८ मा स्थापना भएको मिटलाइफ विश्वका अग्रणी वित्तीय सेवा प्रदायकमध्ये एक कम्पनी हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया