एजेन्सी।
एआई आएपछि बेरोजगार हुन्छ भन्ने यो डर अहिलेसम्म बहसको विषय बनिरहेको थियो । चीनको एक अदालतको फैसलापछि भने रोजगारीहरूको लागि यो डर हटेको हुनुपर्दछ । किनभने यसमा ठूलो कानून लागु भएको छ ।
चीनको एक अदालतको फैसलाले स्पष्ट गरिदियो कि केवल आर्टिफिशियल इंटेलिजेंसको नाममा कोही पनि कर्मचारीलाई जागिरबाट हटाउन पाउँदैन । यो फैसलापछि टेक कंपनिहरूको रणनीति र कर्मचारीहरूको सुरक्षा दुबै विषयमा नयाँ चर्चा पनि सुरु हुन थालेको छ ।
यो घटना चीनको हांगझोउ शहरको एक कंपनीसँग सम्बिन्धित छ । हांगझोउ शहर टेक कम्पनीका लागि विश्वमै प्रसिद्ध छ । किनभने अली बाबा र डीपसीक जस्ता कम्पनीहरू स्थापित भएको यो शहर हो ।
दिक्क लागेर कर्मचारीले मुद्दा हालेको
एक कर्मचारीको काम विस्तारै एआई टूल्स र ठूला ल्यान्ग्वेज मोडल्सका कारण कम भयो । कंपनीले सोच्यो कि अब मान्छेहरूको स्थानमा मेसिनबाट काम लिन सकिन्छ ।
यसपछि उक्त कर्मचारीलाई अर्को पोस्ट अफर गरिएको थियो । तर, त्यो पोस्टमा तलब कम थियो र कामको शर्तहरू पनि अलग थियो । यसैले ती कर्मचारीले यसलाई मान्न अस्विकार गरिदिएका थिए ।
यसपछि कम्पनीले उनलाई जागिरबाट हटाइदियो र यो मामिला अदालतमा पुग्यो । अदालतले कम्पनीको यो कदमलाई सहि थानेन र भन्यो कि एआई आएर कसैलाई बाहिरको बाटो देखाउन हुँदैन ।
यो पहिलो मामिला भने होइन । यसअघि सन् २०२४ मा गुआंझुको एक अदातलले पनि यस्तै किसिमको मुद्दामा बताएको थियो कि टेक्नोलोजी अपग्रेड कसैको जागिर खत्म गर्ने कारण बनाउन हुँदैन ।
चीनको यो फैसला चीनसम्म मात्रै सीमित नभई विश्वभर नै यसको चर्चा भइसकेको छ । माइक्रोसफ्ट, गूगल, अमाजोन जस्ता कम्पनीहरू एआईमा तीब्र रुपमा काम गरिरहेका छन् ।
यस्ता कम्पनीहरूले लागत कम गर्न कर्मचारीको संख्या घटाइरहेका छन् । यस्तोमा चीनको अदालतको फैसलाले कर्मचारीहरूलाई राहत दिलाएको छ ।
भविष्यमा एआईसम्बन्धी नयाँ कानून ल्याउन सकिने सम्भावना पनि छ । किनभने एआईले गर्दा हरेक सेक्टर, मिडिया, टेक, कस्टमर सपोर्टसँगैं क्रिएटिभ फिल्ड्समा समेत असर गर्ने सम्भावना बन्दै गएको छ ।











प्रतिक्रिया