काठमाडौँ
आगामी फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. बुद्धि मल्लले हुनुहुने भएको छ । संस्थाले उहाँलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी सुम्पिएको हो ।
व्यावसायिक क्षेत्रमा ३२ वर्ष बिताउनु भएको मल्लले २६ वर्ष बैंकिङ क्षेत्रमै खर्चिनुभएको छ । उहाँसँग बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीमा काम गरेको अनुभव छ ।
डा. मल्ल बैंकिङ क्षेत्रका गतिशील र सफल बैंकरका रुपमा चिनिनुहुन्छ । उहाँले यसअघि ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सीइओको रुपमा काम गरिसक्नु भएको छ । त्यस्तै उहाँ ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा समेत दोस्रो वरीयतामा रहेर काम गरेको अनुभव छ । पछिल्लो समय उहाँले एनएमबि बैंकमा विभागीय प्रमुखका रुपमा काम गरेको अनुभव छ ।
मल्लले बैंकिङ करिअरकै बीचमा विद्यावारिधी (पिएचडी) पूरा गर्नुभएको छ । उहाँले क्रेडिट रिस्क म्यानेजमेन्ट विषयमा शोध गरेका गर्नुभएको छ ।
‘सफलता सम्भव छ’ यो एउटा पुस्तकको नाम हो । जसका लेखक हुन् बैंकर डा. बुद्धि मल्ल । मल्लले लेखेको पुस्तकको टाइटल अहिले आएर उहाँकै जीवनमा मिलेको छ । धेरैजसो सीइओले पुराना बैंकबाट करिअर सुरु गरेर नेतृत्व तहमा पुग्ने गरे पनि खाडीको पसिना र सीपलाई स्वदेशमा प्रयोग गरेर बैंकको नेतृत्वमा पुग्नु मल्लको बेग्लै विशेषता हो ।
रिलायन्स फाइनान्समा उनको इन्ट्रीलाई बैंकिङ क्षेत्रमा चासोका साथ हेरिएको छ । उहाँले आफ्नो लामो अनुभवलाई कसरी प्रयोग गर्नुहोला भन्नेमा धेरैको चासो रहेको छ । उहाँ सधैं नयाँ योजना र उत्साहका साथ काम गर्न रुचाउनुहुन्छ । उहाँले खाडी मुलुकको ज्ञान र सीपलाई नेपाली बैंकिङ क्षेत्रमा कुशलतापूर्वक उपयोग गर्नुभएका प्रशस्त उदाहरण छन् ।
कुनै समय वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्नु भएको डा. मल्लको यो प्रगति निकै लोभलाग्दो छ । मल्लले ५ वर्ष कतारमा बिताउनु भएको छ । कतारबाट फर्केपछि उहाँले १ वर्ष शिक्षण पेशा पनि गर्नुभएको थियो । ‘मेरो जीवनको एउटा पाटो वैदेशिक रोजगारी पनि हो’ उहाँले भन्नुभएको छ ।











प्रतिक्रिया