काठमाडौं, (नेस) ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी ठगी गरेको प्रकरणमा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसमेत छन् ।
६० वर्षीय कुँवर अछामको चौरपाटी गाउँपालिका–४ का बासिन्दा हुन् भने ६१ वर्षीय यादव सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित बेल्हीका बासिन्दा हुन् । मलेसिया जाने नेपाली श्रमिकबाट दुई देशबीच भएको सम्झौताविपरीत रकम असुली गरिएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।








तपाईंको विचार लेख्नुहोस्