काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी र एजेण्डाबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा भारत भ्रमणका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री बालेनले आगामी मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।








तपाईंको विचार लेख्नुहोस्