काठमाडौं ।
नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेला तथा अन्तरसंवाद कार्यक्रम गर्दैछ।
एमाले स्थानीय विकास विभागको आयोजनामा हुने भेला बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
यसअघि एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको थियो। उक्त भेलालगत्तै पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरसंवाद गर्न लागेको हो।








तपाईंको विचार लेख्नुहोस्