सवारी दुर्घटनामा परी १० जना घाईते

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ बहेडवा चोक मदन भण्डारी लोकमार्गमा मंगलबार दिउसो १२.४० बजे इभी गाडी दूर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेल्टारबाट गाईघाटतिर आउँदै गरेको प्र—१—०२—००१ ज ४६२१ नंम्बरको भ्ख् गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा १० जना मानिसहरु घाईते भएका छन् ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल जिल््ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कायाृल्य उदयपुरले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा गाडी चालक जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं ३२ बस्ने वर्ष अ। ४२ को कृष्ण के.सी. को अवस्था मध्यम रहेको, जिल्ला झापा सुरुङ्गा न.पा. वडा नं ३ बस्ने वर्ष ४० की रेणुका प्रसाईको अवस्था मध्यम रहेको छ ।

यसैगरी अन्य घाइतेहरुमाझापा सुरुङ्गा ३ बस्ने निजको छोरा वर्ष १४ को नैन प्रसाईको अव्सथा सामान्य सामान्य रहेको छ । जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं। ३ बस्ने वर्ष ५० की निल कुमारी लम्सालको अवस्था मध्यम रहेको छ भने जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं १२ बस्ने वर्ष ४३ की मुना ढकालको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाइतेहरुमा जिल्ला उदयपुर बेलका न.पा. वडा नं १ बस्ने वर्ष ३८ को प्रबिन तामाङको अवस्था मध्यम रहेको छ । जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं ४ बस्ने वर्ष ७० को अमृत बहादुर खड्काको अवस्था सामान्य रहेको छ ।

जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं ८ बस्ने वर्ष ३७ की रन्जिता गौतमको अवस्था सामान्य रहेको छ । जिल्ला उदयपुर चौदण्डिगढी न.पा. वडा नं १० बस्ने वर्ष २५ की जमुना परियार बि.क. को अवस्था सामान्य रहेको छ र सोही ठाउँका जमुनाको छोरा वर्ष ९ को अंकित बि.क.को अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।