काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो


काठमाडौं।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार राति प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक राउन्ड गोली प्रहार गरी ३१ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो। गोली लागेर तामाङको दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्ने गरेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।