गोली प्रहारबाट एक युवक घाइते

22.56k
Shares

रौतहट । 

अज्ञात व्यक्तिको समूहको गोली प्रहारबाट मङ्गलबार राति एक युवक घाइते भएका छन्।

रौतहटको गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक  अज्ञात व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

गोली लागेर घाइते भएका यादवलाई  प्रादेशिक अस्पताल गौरम उपचार पश्चात्  थप उपचारका लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो। गोली प्रहारको कारण र घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।