पहिरो हटेपछि पृथ्वी राजमार्गमा यातायात सहज


काठमाडौँ ।

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा खसेको पहिरो हटाइएपछि यातायात पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण अवरुद्ध सडक मंगलबार बिहान पौने ८ बजे खुलेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो। यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो।