काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।
५ खेल खेलेको सुदूरपश्चिम ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेल जिते सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज हुनेछ।
यता, जनकपुरले ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको दौडमा कायम रहन आज जित आवश्यक छ।











प्रतिक्रिया