कार्कीको कार्यकाल सकिन १७ महिना बाँकी ?


काठमाडौँ ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै नयाँ आईजीपीमा डा. मनोज केसीलाई नियुक्त गरेको हो।

२०८२ कात्तिक २४ गते आईजीपी नियुक्त भएका कार्कीले करिब एक वर्ष प्रहरी संगठनको नेतृत्व गरेका थिए। उनको कार्यकाल अझै करिब १७ महिना बाँकी रहँदै सरकारले जिम्मेवारीबाट हटाएको हो।

सरकारको निर्णय नभएको भए कार्की ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जाने थिए।

सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो ।

कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

उनलाई  के कारणले पदमुक्त गरेको भन्नेबारे  सरकारले  जवाफ दिएको छैन ।  मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले उनलाई जिम्मेवारी हेरफेर मात्र गरिएको बताएका छन् ।

गत साता  पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो । उक्त काममा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाबमा भएको थियो ।  गैरकानुनी गिरफ्तार गर्ने लगायतका निर्देशन आइजीपी कार्कीमाथि सचिावलयले नै दिएको खुलेको थियो ।