मुगु ।
मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारि दिनु भयो।
मंगलबार दिउँसो करिब १२:५० बजे सोरु गाउँपालिका–६ स्थित गजेडी झ्यालेखोलाको भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो । सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी चौकी सोरुबर्माले जानकारी दिएको छ ।
जिपमा सवार १२ जनामध्ये पाँच जना घाइते भएका छन् । दुर्घटनामा सोरु गाउँपालिका–९ कालै बस्ने १९ वर्षीय गणेश ऐडीको टाउको र निधारमा गहिरो चोट लागेको छ । बोल्न नसक्ने अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, जिप चालक खत्याड गाउँपालिका–७ बस्ने २९ वर्षीय उपेन्द्र परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने सोरु–९ कालैकी १६ वर्षीया निर्मला ऐडीको कुम र छातीमा चोट लागेको छ । उनीहरू दुवैको अवस्था मध्यम रहेको छ । सोही ठाउँकी १७ वर्षीया करिस्मा ऐडी (कम्मर र छातीमा चोट) र १९ वर्षीय अन्तिम योगी (टाउको र बायाँ खुट्टामा चोट) को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ
२४ कार्तिक २०८३, मं मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले प्रहरी नायिक उपनिरीक्षक र विराज थपलियाले जानकारि दिनु भयो।
मंगलबार दिउँसो करिब १२:५० बजे सोरु गाउँपालिका–६ स्थित गजेडी झ्यालेखोलाको भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो । सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी चौकी सोरुबर्माले जानकारी दिएको छ ।
जिपमा सवार १२ जनामध्ये पाँच जना घाइते भएका छन् । दुर्घटनामा सोरु गाउँपालिका–९ कालै बस्ने १९ वर्षीय गणेश योगीको टाउको र निधारमा गहिरो चोट लागेको छ । बोल्न नसक्ने अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, जिप चालक खत्याड गाउँपालिका–७ बस्ने २९ वर्षीय उपेन्द्र परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने सोरु–९ कालैकी १६ वर्षीया निर्मला योगीको कुम र छातीमा चोट लागेको छ । उनीहरू दुवैको अवस्था मध्यम रहेको छ । सोही ठाउँकी १७ वर्षीया करिस्मा योगी (कम्मर र छातीमा चोट) र १९ वर्षीय अन्तिम योगी (टाउको र बायाँ खुट्टामा चोट) को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) देव बहादुर खड्काको कमाण्डमा खटिएको ६ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । सबै घाइतेलाई उपचारका लागि सिपस्थित जिमा स्वास्थ्य चौकी पठाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकसँग आवश्यक कागजपत्र र सवारी चालक अनुमति पत्र रहेको तथा उनले मादक पदार्थ सेवन (मापसे) नगरेको पाइएको छ । दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहे पनि सडक अवरुद्ध नभएको र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया