काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
उनले नेपाली चाडपर्वले परिवार, समाज र समुदायबीच प्रेम, सद्भाव, एकता र आपसी विश्वास बढाउने बताएका छन्।
विविधताबीचको राष्ट्रिय एकतालाई चाडपर्वले थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै लामिछानेले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशा छाओस् भन्ने कामना गरेका छन्।











प्रतिक्रिया