काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्डको बिक्रीदर २०२ रुपैयाँ ७ पैसा पुगेको छ।
युरोको बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा कायम हुँदा अस्ट्रेलियन डलरको १०३ रुपैयाँ ९८ पैसा र क्यानेडियन डलरको १०६ रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा र कतारी रियालको ४१ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।











प्रतिक्रिया