त्रिवेणी धाममा हुने अष्टाचल,धनधान्याचल महायज्ञकाे मेचीकाली शाेभायत्रा रथ नवलपुरमा


नवलपरासी ।

नवलपरासी पूर्वकाे त्रिवेणीमा हुने अष्टाचल,धनधान्याचल गजेन्द्रमाेक्ष नारायण वैभव विराट महायज्ञकाे मेची महाकाली शाेभायात्रा रथ शनिवार जिल्लाकाे पूर्वी क्षेत्र नवलपुर आई पुगेकाे छ ।


मुक्तिनाथ बाबाकाे सत्संकल्पमा हुन गई रहेकाे धनधान्याचल महायज्ञ संचालनकाे पूर्व सन्ध्यामा पवित्र धार्मिक स्थल मुक्तिनाथबाट निस्किएको रथ यात्राकाे स्वागतार्थ पूर्व पश्चिम महेन्द्र राजमार्ग केन्द्रित जिल्लाका गैडाकाेट,भेडाबारी,रजहर,प्रगतिनगर,कावासाेती लगायतका क्षेत्रमा श्रद्धालुहरू केन्द्रित भएकाे बताईएकाे छ ।

श्रद्धालहरूलाई मुक्तिनाथ पीठाधिश्वर कमलनयनाचार्यबाट आशिर्वचन तथा आशिर्वाद प्राप्त हुने,मुक्तिनाथमा सम्पन्न षड्मासिक यज्ञकाे तिलक,टिका प्रसाद प्राप्त हुने हुँदा विभिन्न जिल्लामाझै यहाँ मानिसहरूकाे उपस्थिति झनै उत्साहजनक बनेकाे हाे ।

मुक्तिनाथ बाबाकै सत्प्रयासमा जिल्लाकाे त्रिवेणी स्थित गजग्रगाह क्षेत्रमा विशाल मुक्तिनाथ मन्दिर,धर्मशाला,शिशमहल,गाैशाला,गुरकुल पाठशाला,लगायतका धार्मिक एवं पर्यटकीय स्थलकाे विकास गरिएकाे छ ।

बाबाकै सक्रियतामा त्रिवेणीमा छात्र गुरकुल,बाग्लुङ्गमा कन्या गुरूकुलम्,पाेखराकाे रामघाट,म्याग्दीकाे गलेश्वर,मुस्ताङ्गकाे जाेमसाेम, कागवेनी,रानीपाैवा लगायत देशका विभिन्नभागमा अन्नदान स्थल स्थापना भएकाछन् ।
जहाँ स्वदेश तथा विदेशबाट आउने श्रदालुहरूले तीर्थाटनका क्रममा त्यहाँ स्थापित धर्मशाला रहेर भाेजन तथा विश्राम लिन सक्ने गरि व्यवस्था गरिएकाे बताईन्छ ।

महायज्ञबाट त्रिवेणीमा रहेकाे माध्यमिक तहसम्म संचालित गुरूकुलकाे विकाश,गरूकुल महा विद्यालयमम स्तराेन्ति गर्दै यहाँ निर्मित पूर्वाधारलाई आधार मानेर वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखिएकाे छ ।

जसका लागि देशका विभिन्न भागबाट त्रिवेणीमा उपस्थित धर्मभिरू प्राज्ञ जगत, विद्वान,सन्त,महन्त,शिक्षाविद्,उद्योग व्यवसायी,स्थानीय जनप्रतिनिधि,संचारकर्मी लगायतकाे छलफलबाट महायज्ञ संचालन गर्ने निर्णय लिईएकाे थियाे ।

महायज्ञ सञ्चालन पूर्व मेचीकाली परिक्रमाका लागि  मुक्तिनाथ धामबाट प्रस्थान गराईएकाे शिरभागमा वेष्ठित शीला शालग्राम,पञ्चमहालक्ष्मी चित्र अंकित एवं स्वर्ण सुत्र जडित महामाैलाे,जलघडा तथा फूलपाती सहितकाे शाेभा यात्रा नवलपुर हुदै महाकली तर्फ प्रस्थान गर्ने जनाईएकाे छ ।
यही मंसिर १ देखि २९ गते सम्म संचालन हुने महायज्ञमा ४ वेद १८ पुराण सहित सत्शास्त्रहरूकाे पारमयण,हवन,कथा प्रवचन,भजन संकृतन, गाैपूजन,कन्या पूजन,वटुक पूजन, ५ कराेड दीप प्रज्वलन,वैदिक धर्म महासम्मेलन हुनेछन् ।

महर्षि वाल्मीकिकाे तपाेभूमि,स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीकाे संगम स्थल त्रिवेणीमा वैदिक विश्व विद्यालय स्थापनाकाे महान लक्ष्य सहित महायज्ञकाे आयाेजना हुनु यस क्षेत्रका लागि एक गाैरवकाे विषय भएकाे गजेन्द्र माेक्ष त्रिवेणीधाम बिकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले बताउनु भयाे ।