न्युजिल्यान्ड ।
न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ ।
उत्तरी टापुको दक्षिणी तटस्थित नगावी समुद्री तटमा बिहीबार बिहान ठूलो सङ्ख्यामा ह्वेल किनारमा फसेका थिए । उद्धारकर्मीहरूले जीवित ह्वेललाई समुद्रमा फर्काउने प्रयास गरे पनि सबैको मृत्यु भएको संरक्षण विभागले जनाएको छ ।
दुर्गम भूगोल, शक्तिशाली समुद्री छाल र चट्टानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो । मृत ह्वेलहरूको व्यवस्थापन स्थानीय माओरी समुदायसँगको सहकार्यमा भइरहेको छ ।
ह्वेलहरू सामूहिक रूपमा किनारमा फस्नुको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन ।
वैज्ञानिकहरूका अनुसार उनीहरूको सामाजिक व्यवहार, समुद्री तटको बनावट र घट्दो ज्वारभाटाले यस्तो घटनामा भूमिका खेल्न सक्छन् ।











प्रतिक्रिया