काठमाडौँ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै सार्वजनिक विवरणमा कुनै त्रुटि भए सच्याउन, थपघट गर्न वा दाबी पेश गर्न सात दिनको समय दिएको हो।
प्राधिकरणका अनुसार ३२ जिल्लाबाट प्राप्त विवरणमध्ये सबैभन्दा बढी रसुवाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना बेपत्ता रहेका छन्।
त्यस्तै, विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४/५४ जना, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना रहेका छन्।
सूचीमा समावेश व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारले सात दिनभित्र स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेश गर्न सक्नेछन्।
विवरणमा त्रुटि भए प्राधिकरणको इमेल वा उपलब्ध गराइएका मोबाइल नम्बरमा सम्पर्क गर्न सकिनेछ। विदेशी नागरिकको विवरण सच्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।












प्रतिक्रिया