काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युरोको बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, पाउन्ड स्टर्लिङको २०१ रुपैयाँ ५५ पैसा र स्वीस फ्र्याङ्कको १८३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलरको १०६ रुपैयाँ ९४ पैसा, साउदी रियालको ४० रुपैयाँ ११ पैसा र कतारी रियालको ४१ रुपैयाँ ३२ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।
केन्द्रीय बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ।











प्रतिक्रिया