काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।
नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार गठनको प्रक्रिया आतङ्क, आगजनी र तोडफोडबाट सुरु भएको दाबी गरे।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले डरका कारण असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै लोकतन्त्र र संविधानको संरक्षणमा राज्यका निकायहरू चुकेको बताए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि समयमै फैसला नभएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे।
देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्न युवाहरू सङ्गठित भएर दबाब दिनुपर्नेमा उनले जोड दिए।








तपाईंको विचार लेख्नुहोस्