काठमाडौँ ।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताएकी छन् ।शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै भुसालले शान्ति प्रक्रिया विगतका राजनीतिक दलले सुरु गरेको विषय भए पनि यसको दायित्व राज्यको भएकाले सरकारले जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा राजनीतिक दल, नागरिक समाज तथा मानव अधिकारवादी संस्थासँग समन्वय गर्नुपर्नेमा जोड दिइन् ।
आयोग गठन मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई पारदर्शी र जवाफदेही ढङ्गले अघि बढाउनुपर्ने उनको भनाइ छ ।भुसालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताइन् ।उनले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।








तपाईंको विचार लेख्नुहोस्