भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेको भन्दै कांग्रेस असन्तुष्ट


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमणअघि साझा धारणा बनाउने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

कांग्रेसले जलवायु परिवर्तन, व्यापार, ऊर्जा, पर्यटन, सीमा व्यवस्थापन तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई सुझाव दिने तयारी गरेको थियो ।

शर्माले प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिँदै भ्रमणलाई प्रचारमा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र दीर्घकालीन सहकार्यका ठोस उपलब्धिमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उनले भ्रमणको सफलता औपचारिक स्वागत र संयुक्त वक्तव्यबाट नभई नेपाल तथा नेपाली नागरिकले प्राप्त गर्ने परिणामबाट मापन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।