काठमाडौँ।
नेकपा एमालेको सङ्गठित सदस्य ९२ वर्षीय रनध्वता पोखरेलको बिहीबार साँझ निधन भएको छ । शुक्रवार बिहान पशुपति आर्यघाटमा पोखरेलको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ ।
नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल र अभियन्ता शुभराज पोखरेलको माता स्वर्गीय रनध्वता पोखरेल प्रति श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कानुन मन्त्री सोभिता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्व सभामुख देवराज घिमिरे, नेकपा एमालेका सचिव भानुभक्त ढकाल, नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का, डबल पाण्डे, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल लगायतका नेता पशुपति आर्यघाट पुगेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय रनध्वता पोखरेलको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण गरेका थिए ।
२०४७ सालमा नेकपा एमालेको संगठीत सदस्यता प्राप्त गरेको पोखरेलले पञ्चायती व्यवस्थाको समयमा भूमिगत रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व उपाध्यक्ष ईश्वर पोखरेल, अमृत बोहोरा, केशब बडाल, माधव पौडेल लगायतका नेताहरुलाई आश्रय दिएकी थिइन ।











प्रतिक्रिया