सुन र चाँदीको मूल्यमा भारी गिरावट


काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।