उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको बेलका नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बिहीबार राती १० बजे बेवारिसे अवस्थामा लुकाएर राखिएको २ हजार ८ सय २० किलो ५ सय ग्राम अबैध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार १९ गते राती अन्दाजी १०ः०० बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजा बरामद गरेको हो ।
प्रहरकिा अनुसार जिल्ला उदयपुर, बेलका नगरपालिका वडा नं।७ स्थित तिलितलेमा बेवारिसे अवस्थामा लुकाई(छिपाई राखिएको ८५ वटा बोरामा रहेको २,८२०.५०० (दुई हजार आठ सय बीस के.जी पाँच सय ग्राम) प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । उक्त बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा ल्याई राखिएको साथै, यसमा संलग्न व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्मरण रहोस् कि यस अघिार्तिक १५ गते बेलका नगरपालिकाकै वडा नं ९ बाट ७ हजार ८ सय २६ केजी ८ सय ग्राम गााजा सशसत्र प्रहरकिो ५ नं हेडक्वाटर त्रियुगा उदयपुरले ट्रकसहित बरामद गरेको थियो ।











प्रतिक्रिया