आईजीपीबाट हटाइएपछि कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता


काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाइएको भन्दै दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

कार्कीले बिहीबार वकिलमार्फत पेश गरेको निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारले उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरे पनि उनले मन्त्रिपरिषद्को निर्णयपत्र बुझेका छैनन्।

अब रिटमाथि सुनुवाइका लागि पेशी तोकिनेछ।