छिमेकी मुलुक चीनले गरेको विकास अभूतपूर्व मात्र हैन विश्वकै लागि उदाहरणीय र चमत्कारी पनि छ । यस्तो अभूतपूर्व र चमत्कारी विकासको स्रोत एवं प्रेरणा के होला ? विश्वका ठूला र विकसित मुलुकहरुले पनि राजनीतिक व्यवस्थापन र चमत्कारी विकासको लागि चिनियाँ मोडलको खोजी गरिरहेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१२ बाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवको रुपमा नेतृत्व गरेका हुन् । उनी सन् २०१३ मा पहिलोपटक जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको शासनकालको १४ वर्षको अवधिमा चीनले आर्थिक विकास, यातायात तथा पूर्वाधार विकास, विज्ञान तथा प्रविधि र गरिबी न्यूनीकरणको क्षेत्रमा गरेको प्रगति स्वयं चिनियाँ जनताको लागि समेत चमत्कारी छ ।
छोटो समयमै कसरी सम्भव भयो त यो हदको विकास र परिर्वतन ? यसका धेरै फ्याक्टरहरु छन् । सन् २०१२ मा सी चिनफिङले महासचिवको रुपमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्व सम्हालेपछि पार्टीभित्र लागू हुने धेरै नियम–विनियमहरु संशोधन गरे र धेरै नियम–विनियमहरु निर्माण गरे । यसको एउटै उद्देश्य थियो कि शक्ति प्रयोगलाई संस्थागत गर्ने ।
राजनीतिलाई नीतिहरुको मूल नीति भनेर व्याख्या गरिन्छ । र, जुनसुकै मुलुकको विकासका लागि नीति–निर्माण तथा त्यसको कार्यान्वयन महत्वपूर्ण हुन्छ । विश्व राजनीतिलाई नियाल्ने हो भने धेरै त्यस्ता देशहरु छन् जहाँ नीति त बन्छ तर त्यसको कार्यान्वयन हुन सक्दैन । अझ भनौँ धेरै मुलुकका शासक–प्रशासकहरु त्यही नीतिको आडमा विभिन्न नियम–विनियमहरु निर्माण गरेर आफू शक्तिशाली बन्ने अनि देशलाई प्रगतिको सट्टा उधोगतिमा पु¥याउने खेलमा लागिरहेका हुन्छन् ।
अर्थात् शक्ति प्रयोगलाई संस्थागत हैन व्यक्तिगत गर्ने परिपाटी धेरै देशको रोग बनेको छ । यसरी शक्ति प्रयोगलाई व्यक्तिगत बनाएपछि धेरै देशका अधिकारीहरुमा भ्रष्टाचार गर्ने साहस, चाहना र अवसर तीनवटै कुरा बढेको देखिन्छ । सी चिनफिङले यी सबै अवस्थालाई नजिकबाट नियालिरहेका थिए, जति बेला उनी सत्तामा थिएनन् ।
पार्टीलाई राज्य वा सरकारले नचिन्ने र पार्टीले सरकार (राज्य) को काम–कारबाहीमा सधैँ आलोचना मात्र गर्ने रोग पनि धेरै देशहरुमा देखिएको छ । अर्थात् शक्ति प्रयोगलाई संस्थागत हैन व्यक्तिगत गर्ने परिपाटी धेरै देशको रोग बनेको छ । यसरी शक्ति प्रयोगलाई व्यक्तिगत बनाएपछि धेरै देशका अधिकारीहरुमा भ्रष्टाचार गर्ने साहस, चाहना र अवसर तीनवटै कुरा बढेको देखिन्छ । सी चिनफिङले यी सबै अवस्थालाई नजिकबाट नियालिरहेका थिए, जति बेला उनी सत्तामा थिएनन् । जब उनी सत्तामा आए उनले यही कमजोरीलाई पहिचान गरेर ‘संस्थागत नियमहरुको पिँजडा’भित्र शक्तिलाई सीमित गर्ने अभियानअन्र्तगत नियम–विनियमहरु परिर्वतन र निर्माण गरे अनि सफल पनि भए ।
उनले नियमविनियमहरु यसरी निर्माण गरे कि ती नियम–विनियमहरु भ्रष्टाचार गर्ने साहस, चाहना र अवसरलाई समाप्त पार्ने एकीकृत प्रयासको हिस्सा बन्न पुगे । ती नियम–विनियमहरु ‘उच्च भोल्टेजका तार’ जस्तै प्रभावकारी बनेका थिए, जुन कुरा सी चिनफिङको मुख्य लक्ष्य थियो । उनले केही स्थानीय तहमा नियमहरुको कार्यान्वयन कमजोर रहेको र सीपीसी वा राज्यले निर्माण गरेका नियम–विनियम भन्दा लुकेका नियमहरु हाबी भइरहेको कुराप्रति सबैलाई सचेत गराए ।
धेरैले सी चिनफिङको शासन–प्रशासनलाई ‘पार्टीको पूर्ण तथा कठोर आत्मशासन’ भनेर व्याख्या गरेको पाइन्छ । तर चिनियाँ जनता भने सी चिनफिङको कार्यशैली र नियम–विनियमहरुलाई सकारात्मक रुपमा ग्रहण गर्छन् । किनभने उनीहरुलाई थाहा छ– सी चिनफिङको मुख्य उद्देश्य चीनको आधुनिकीकरण अभियानलाई नेतृत्व गर्न पार्टीको क्षमता र सामथ्र्य सुदृढ बनाउनु हो । र, सोही अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को पारदर्शी, कुशल र निष्पक्ष नेतृत्वमा चीनले हरेक क्षण उन्नति–प्रगतिको नयाँ–नयाँ कीर्तिमान कायम गरिहेको छ भन्ने विश्वास उनीहरुमा छ ।
सी चिनफिङले चीनको अहिलेको विकास प्रगतिमा मात्र सन्तोष गरेका छैनन् । उनी चीनको चमत्कारी विकास अभियानलाई थप उचाइमा पु¥याउन चाहन्छन्, जहाँ अरु देशको परिकल्पनामा समेत पुग्ने सार्मथ्य नहोस् । त्यसैले उनले १५ औ पञ्चवर्षीय योजना (२०२६–२०३०) लाई अघि सारेका छन् ।
उनको १५ औँ पञ्चवर्षीय योजनामा आर्थिक विकास र औद्योगिक आधुनिकीकरण, विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता, डिजिटल चीन निर्माण, जनताको जीवनस्तर सुधार, कृषि तथा ग्रामीण विकास, वातावरण संरक्षण र हरित विकास, यातायात तथा पूर्वाधार विकास, वैदेशिक व्यापार तथा अन्तर्राष्ट्रिय सहकार्य, राष्ट्रिय सुरक्षा र प्रतिरक्षा, राष्ट्रिय एकता र राजनीतिक स्थायित्वजस्ता विषय समेटिएका छन् ।
यी कार्यक्रममार्फत प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२० को तुलनामा दोब्बर बनाउने, प्रतिव्यक्ति आम्दानी र जीवनस्तरलाई मध्यम विकसित देशको स्तरमा पु¥याउने, विज्ञान, प्रविधि र औद्योगिक क्षमतामा विश्वस्तरीय प्रतिस्पर्धी बन्ने, आर्थिक विकाससँगै सामाजिक विकास र वातावरण संरक्षणलाई अघि बढाउने र सन् २०३५ सम्म चीनलाई आधारभूत रुपमा आधुनिक समाजवादी मुलुक बनाउने सीको लक्ष्य रहेको छ ।
१५ औँ पञ्चवर्षीय योजना कार्यान्वयन तथा आधुनिक समाजवादी मुलुक निर्माण लक्ष्य पूरा गर्न आर्थिक तथा सामाजिक विकासको नेतृत्व गर्ने पार्टीको क्षमता र दक्षता अभिवृद्धिको लागि पनि नियम–विनियम परिवर्तन वा निर्माण महत्वपूर्ण रहेको निष्कर्ष सीको देखिन्छ । अहिलेको चमत्कारी विकास प्रगतिलाई नियाल्दा सन् २०३५ सम्म आधारभूत रुपमा आधुनिकीकरण हासिल गर्ने लक्ष्य पूरा गर्ने दिशामा चीन अहिले महत्वपूर्ण चरणमा प्रवेश गरेको छ भन्न सकिन्छ ।
सी चिनफिङले यसै वर्ष चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिअन्तर्गत पार्टी स्कूलमा आयोजित अध्ययन सत्रमा सहभागी प्रान्तीय तथा मन्त्रीस्तरीय वरिष्ठ अधिकारीहरुलाई सम्बोधन गर्दै भनेका थिए– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा अनिश्चितता बढ्दै गएको छ र देशभित्र पनि चुनौतीहरु थपिँदै गएका छन् । यस्तो महत्वपूर्ण मोडमा देशलाई सही दिशामा अघि बढाउन सबै सदस्यहरुले पार्टीको मौलिक आकांक्षा र ऐतिहासिक जिम्मेवारीप्रति सधैँ प्रतिबद्ध रहनुपर्छ र राष्ट्रलाई नयाँ ऐतिहासिक गौरव सिर्जना गर्ने दिशामा नेतृत्व गर्नुपर्छ ।’
सीको सम्बोधन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) लाई ‘पूर्ण तथा कठोर आत्मशासन’को मार्गमा अघि बढाउँदै गरेको सन्दर्भको निरन्तरता थियो । जसको जगमा चमत्कारी विकास र आधुनिकीकरण हासिल गर्ने लक्ष्य पूरा गर्ने दिशामा चीन अहिले महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको छ भन्न सकिने आधारहरुको एउटा महत्वपूर्ण मानक हो ।
०२६ अक्टोवर २६–२९ सम्म बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले पनि सारमा देशको विकास र आधुनिकीकरणका लागि आर्थिक तथा प्राविधिक क्षमता बढाउनु जति आवश्यक हुन्छ, शासन सञ्चालन गर्ने राजनीतिक पार्टीलाई अनुशासित, जवाफदेशी, भ्रष्टाचारमुक्त बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
जसको लागि पार्टीभित्र कठोर अनुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध अभियानलाई निरन्तरता दिने, पार्टीको आत्मसुधार गर्ने, नेतृत्वको क्षमता अभिवृद्धि गर्ने, पार्टी संगठन बलियो बनाउने, पार्टीको आन्तरिक निगरानी प्रणाली सुदृढ बनाउने, लोकतान्त्रिक केन्द्रीयताको सिद्धान्त अवलम्बन गर्ने लगायतका निर्णय गरेको छ ।
छिमेकी हुनुको नाताले चीनको विकासमा नेपालको पनि केही हिस्सा हुनुपर्ने हो । अर्थात् नेपालले पनि विकासको चिनियाँ मोडललाई भित्र्याउन सक्नुपर्ने हो । यसको लागि चीनको तर्फबाट धेरै प्रयत्नहरु भएका पनि छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले हरेक वर्ष नेपाल सरकार, राजनीतिक दल, सामाजिक अभियन्ता, पत्रकार–कलाकार, उद्योगी–व्यवसायी, किसान–मजदुर लगायत ठूलो संख्यामा नेपालीहरुलाई चीनको विभिन्न क्षेत्रको भ्रमण गराउने र चिनियाँ विकास मोडल तथा पार्टी सञ्चालनका तौरतरिकाबारे जानकारी गराउँदै आएको छ ।
नेपालमै पनि चीनको पार्टी–सत्ता सञ्चालन र विकास मोडलहरुबारे अन्तरिक्रया, छलफल र बहस कार्यक्रमहरु भइरहेका छन् । तर किन हो नेपालका शासक–प्रशासकले चिनियाँ मोडललाई प्रशंसा गर्नुबाहेक अनुकरण र अवलम्बन गर्ने विषयमा चासो दिएको देखिँदैन ।
विकासप्रति जनताको लगाव र जिम्मेवारी, अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यजस्ता विषय सत्ता र सरकार सञ्चालनको सी मोडलमा जतिको उपयोगी अन्य कुनै नीति र विचारमा पाउन सकिँदैन । चीनको सद्भाव नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा प्रविधि विकास होस् भन्ने कुरामै केन्द्रीत छ । त्यसैले नेपालका राजनीतिक दल र शासक–प्रशासकले देशको विकास र उन्नयनको लागि चीनको सी चिनफिङ मोडललाई आत्मसात् गर्नु जरुरी छ ।
नेपालमा पनि राजनीतिक दल र सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । विकासमा सत्ताको प्रतिबद्धता र जनताको विश्वास कायम हुनुपर्छ । जुन कुरा मुलुकलाई समृद्ध बनाउन कोसेढुङ्गा साबित हुन सक्छ ।











प्रतिक्रिया