हास्य भूमिकाबाट दर्शकको मन जित्दै आएकी अभिनेत्री दीपाश्री निरौलाले फिल्म पाच पाण्डवमा आफ्नो चरित्रमार्फत दर्शकलाई नयाँ स्वाद दिने भएकी छन्। यसपटक उनी पर्दामा केवल हास्य कलाकारका रूपमा नभई अन्यायविरुद्ध हातखुट्टा चलाउने फाइटर लेडीका रूपमा प्रस्तुत हुँदैछिन्।
दीपाश्रीले फिल्ममा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। भीमको भूमिकामा जितु नेपाल छन्। आप्mनो चरित्र यसअघिका भूमिकाभन्दा फरक रहेको खुलाउँदै दीपाश्री भन्छिन्, ‘यसपटक दर्शकले आफूलाई फाइटर टाइपको भूमिकामा देख्न पाउनेछन्।’ मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले आप्mनो हातखुट्टा चल्ने उनको भनाइ छ। आप्mनो इन्ट्रिसँगै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा उनी विश्वस्त छन्। ‘मेरो इन्ट्री हुने दृश्यहरू निकै धमाकेदार छन्। ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ। श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ’ डबिङका क्रममा नै आफूलाई त्यस्तो अनुभूति भएको जनाउँदै दीपाश्रीले भनिन्।
फिल्मी करियरमा अहिलेसम्म निर्वाह गरेका चरित्रभन्दा फरक भएकाले पनि दीपाश्रीले यसलाई नयाँ अनुभवका रूपमा लिएकी छन्। फिल्ममा उनको चरित्रको नाम सितर्नी हो। अरूलाई गाली गर्दा पनि सितर्नी भनेर गाली गर्ने गरेको जनाउ“दै उनी यो शब्द दर्शकको मुखमा झुण्डिने विश्वास व्यक्त गर्छिन्।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म आगामी शुक्रवार रिलिजमा आउ“दैछ। फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकार मुख्य भूमिकामा छन्।
काली रानी फिल्म्स्को ब्यानरमा काली रानी श्रेष्ठद्वारा निर्मित तथा नवीन श्रेष्ठद्वारा प्रस्तुत फिल्ममा कथा, पटकथा र संवाद सुशील पौडेल, संगीत अर्जुन पोखरेल, कोरियोग्राफी गम्भीर विष्ट र विक्रम स्वाँर, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायाँकन श्याम तामाङ र सम्पादन सुप्रिम पराजुलीको रहेको छ।











प्रतिक्रिया