काठमाडौं ।
शिवदर्शन फिल्म्सले तिहारको देउसी भैलो गित ‘बलेको दियो’ नामको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।
२०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको यस गीतले नेपाली समाजको सांस्कृतिक परम्परा,मूल्य मान्यता र चाडपर्वको उल्लासलाई गीत–संगीतमार्फत प्रस्तुत गरेको छ। गितमा अनमोल बस्नेत र रेखा पोखरेलको स्वर रहेको छ । त्यसैगरी संगीत यमलाल आचार्यको रहेको छ ।
गितका लेखक पनि आचार्यनै रहनु भएको छ । गितमा शिवदर्शन फिल्म्सकी निर्देशक एवं वरिष्ठ कलाकार गायत्री थापा,साइन सापकोटा,बिनबहादुर थापा,सन्देश सुनार,नितु कोइराला,सुलोचना नेपाल,सापकोटा लगायतको अभिनय रहेको छ । यसमा कोरियोग्राफी प्रेम दर्नालको रहेको छ भने निर्देशन यमन खनालले गर्नुभएको छ ।











प्रतिक्रिया