ब्लकबस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा निर्माणाधीन फिल्म चिरञ्जीवी भव: पोस्ट प्रोडक्सनमा प्रवेश गरेको छ। छायांकन सम्पन्न गरेको निर्माण टोलीले बिहीवारदेखि फिल्मको स्वरांकन (डबिङ) सुरु गरेको हो। अभिनेता हरिवंश आचार्यले आप्mनो भागको संवाद रेकर्ड गराएस“गै फिल्मको स्वरांकन थालिएको निर्माणपक्षले जनाएको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा उमेशकुमार बराल र चिरन केसीद्वारा निर्माणाधीन फिल्मको गुणस्तरमा कुनै सम्झौता नगर्ने निर्देशक आचार्यले बताएका छन्।
गत वर्ष प्रदर्शनमा आएको परानले व्यावसायिक सफलता हासिल गरेपछि आचार्यको निर्देशकीय कामप्रति दर्शकको चासो बढेको छ। उनको निर्देशनमा निर्माण भइरहेको चिरञ्जीवी भव: सामाजिक विषयवस्तुमा आधारित छ। फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ। बदलि“दो सोच, पुस्तान्तरण र पारिवारिक सम्बन्धका विभिन्न आयामलाई फिल्ममा प्रस्तुत गरिनेछ।
फिल्ममा हरिवंश आचार्यस“गै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री, मोडल तथा इन्प्mलुएन्सर प्रशंसा रायमाझी, कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कु“वर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापा, बाल कलाकार यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य, विभूति गौतमलगायतका कलाकार मुख्य भूमिकामा छन्।
प्रशंसाले यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्।कुमार कट्टेल ‘जिग्री ब्रो’ को कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् भने निर्देशक आचार्यस“गै रञ्जित गजमेर र हर्क साउदको गीत, बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलको संगीत, गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन, शिवराम श्रेष्ठको छाया“कन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।
धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्म आगामी २०८३ माघ १ गते रिलिजमा आउनेछ।











प्रतिक्रिया