बाटुलो जूनमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोक


अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडाको प्रेमिल केमेस्ट्रि जमेको फिल्म बाटुलो जूनमा समावेश गीत सार्वजनिक गरिएको छ।
तिहारको अवसर पारेर आगामी कात्तिक २६ गते रिलिज हुने फिल्मको अल्लारे ठिटो आयो बोलको डान्सिङ नम्बर निर्माण युट्युबबाट सार्वजनिक गरिएको हो।

पुरानो नेपाली समाजको मौलिक परिवेशमा तयार पारिएको गीतको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी नोकझोक र प्रेमिल भाव देखाइएको छ। नजिकि“दो तिहार र देउसीभैलोको माहोललाई लक्षित गरेर गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
गीतमा रुबै र प्रविण बेडुवालको स्वर छ। रूप महानताले संगीत निर्माण, मिक्सिङ र मास्टरिङ गरेको गीतमा पञ्चेबाजा, सारंगी, गितार र बा“सुरीको धुन समेटिएको छ।

भुवन केसीको निर्देशनमा सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ३० देखि ४० को दशकको नेपाली परिवेशमा आधारित प्रेमकथानक फिल्म हो। आदर्श प्रेमस“गै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्देशक केसीले बताएका छन्। फिल्ममा केसी स्वयं पनि महत्वपूर्ण भूमिकामा छन्।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पाश्र्व संगीत छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का तथा सहनिर्माता विवेक थापा हुन्। यसै फिल्मबाट अभिनेत्री गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन्।