६ बाल प्रतिभा विजयी


राजधानीमा आयोजित किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६ मा तीन उमेर समूह टडलर्स, जुनियर र सिनियर क्याटगरीअन्तर्गत ब्वाइज र गर्ल्सतर्फबाट ६ बाल प्रतिभाले उपाधि जितेका छन्।

टडलर्स ब्वाइतर्फ आयांश श्रेष्ठ र टडलर्स गर्लतर्फ आज्ञाश्री धमला विजेता बने। जुनियर ब्वाईको उपाधि हृदयन्त प्रजापतीले जित्दा जुनियर गर्लतर्फ सान्वी केसी विजेता बनिन्। त्यस्तै सिनियर ब्वाइतर्फ सद्भाब बस्नेत र सिनियर गर्लतर्फ कृश्निका दुवाल शीर्ष उपाधि जित्न सफल भए। टडलर्स ब्वाइतर्फ शौर्यम आचार्य फस्ट र आरिभ जंग खड्का सेकेन्ड रनर्सअप भए। गर्लतर्फ नयनिका लामा फस्ट र आरुषी दाहाल सेकेन्ड रनर्सअप चुनिए। जुनियर ब्वाइतर्फ शौनित अधिकारी फस्ट र प्रियांश सापकोटा सेकेन्ड रनर्सअप हु“दा गर्लतर्फ पेमा लामा फस्ट र एप्रिल अर्याल सेकेन्ड रनर्सअप भए।

सिनियर ब्वाइतर्फ प्रतिक कठायत फस्ट र शिशिर राई सेकेन्ड रनर्सअप तथा गर्लतर्फ इशा काफ्ले फस्ट र अमेई बैनत्वा सेकेन्ड रनर्सअप भए। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना, युरो स्कुल भक्तपुरको प्रस्तुति तथा काठमाडौँ वर्ल्ड स्कुलको सहकार्यमा भएको प्रतियोगिता.मोडल तथा फेसन कोच राज फैजको कोरियोग्राफीमा सम्पन्न भएको थियो।