मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ


काठमाडौँ।
.

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमान्ले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोठभित्ता निवासी करिब ४० वर्षीय रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी आफ्नी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनमाथि कुटपिट गरेका थिए। कुटपिटबाट अचेत भएकी रुकुको मृत्यु भएको बताइएको छ।

मंसिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भइरहेको भन्ने सूचना स्थानीयमार्फत प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फाखेलबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो। घटनाबारे थप जानकारी प्राप्त भएपछि मंसिर १२ गते बिहान करिब १०:३० बजे प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा रमेश पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।