काठमाडौँ।
झापा र इलामको सीमा क्षेत्रस्थित मेची नगरपालिका वडा नम्बर १ भालुखोपको जङ्गल इलाकाबाट शनिबार सशस्त्र प्रहरीले १९ हजार ४०० किलोग्राम बराबरको ४ सय ८५ बोरा फर्सीको बियाँ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा नं. २ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा खटिएको टोलीले सो स्थानमा बेवारिसे अवस्थामा लुकाएर राखिएको उल्लेखित परिमाणको फर्सीको बियाँ फेला पारेको हो।

सशस्त्र प्रहरीको टोलीले सो स्थानबाट २ थान मोबाइल समेत बरामद गरेको छ।
बरामद गरिएको फर्सीको बियाँ तथा मोबाइल आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाउने क्रममा रहेको जनाइएको छ।








तपाईंको विचार लेख्नुहोस्