अविरल वर्षाका बीच रिलिजमा आएको फिल्म बा : एक योद्धाले दर्शकको मन छोएको छ।
सन्तानको भविष्य बनाउन जीवनभर संघर्ष गर्ने बुबाआमा, तर त्यही सन्तान ठूलो भएपछि आप्mनै भविष्यको खोजीमा घरबाट टाढि“दा अभिभावकले भोग्नुपर्ने एक्लोपन र उपेक्षा। नेपाली समाजमा बढ्दो यस्तो पारिवारिक दूरीलाई फिल्म बा ः एक योद्धाले सटिक ढंगले उठाएको छ।
शुक्रवार अल नेपाल रिलिजमा आएको फिल्मले सन्तानका लागि बुबाआमाले गर्ने त्याग र संघर्षस“गै बुढेसकालमा उनीहरूले सन्तानबाटै पाउने व्यवहारलाई पर्दामा मन छुने ढंगले उतारेको छ। फिल्मले उठाएको यही विषयले दर्शकको मन छोएको छ। यसअघि राजधानीमा आयोजित प्रिमियरमा सहभागी दर्शकको मन जितेको थियो। नेपालगञ्ज, दाङ, धरान र बुटवलमा यसअघि आयोजित प्रदर्शनबाट पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो।
फिल्म हेरेपछि ख्यातिप्राप्त अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको बताए। अहिलेको समाजमा युवाको बढ्दो अपेक्षा र पलायनस“गै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई फिल्मले प्रस्तुत गरेको उनको भनाइ थियो। ‘मलाई फिल्म राम्रो लाग्यो। रुन मन लाग्यो। सितिमिति लोग्नेमान्छे रु“दैनन्, मनमनै रोए“’, आचार्यले भने।
अभिनेत्री ऋचा शर्माले भने फिल्मको कथास“गै कलाकारको अभिनयलाई पनि विशेष रूपमा चर्चा गरिन्। ‘यो सिनेमाको सुपरस्टार को हो ? भन्ने हामी सबैलाई थाहा छ– दिव्य देव पन्त। उहा“जस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने मेरो बुझाइ हो’ उनले झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापामा अभिनयको निखार क्रमशः बढ्दै गएको पनि बताइन्। हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्वारा निर्मित फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काप्mले सह–निर्माता रहेका छन्।











प्रतिक्रिया