खल्ती इन्फ्लुएन्सर अवार्ड्सकाे १० विधामा मनोनयन सार्वजनिक


काठमाडौं ।

नेपालमा पहिलोपटक डिजिटल सामग्री सिर्जनाकर्तालाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को मनोनयन सूची सार्वजनिक भएको छ। स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अवार्ड समारोह आयोजना गर्दैछ। विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

‘क्रिएट, इन्स्पायर, इम्प्याक्ट’ भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा देशभरबाट दुई हजार दुई सयभन्दा बढी डिजिटल सामग्री सिर्जनाकर्ताले सहभागिताका लागि आवेदन दिएका थिए। करिब तीन महिनासम्म आवेदन खुला गरिएको थियो। प्राप्त सामग्रीमध्ये आयोजकले एक सय २२ उत्कृष्ट सामग्री निर्णायकसमक्ष प्रस्तुत गरेको थियो। त्यसपछि निर्णायकको मूल्यांकनका आधारमा विभिन्न विधाको मनोनयन सूची तयार गरिएको हो।

आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालमा डिजिटल सामग्री सिर्जना गर्ने प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो। आयोजकले सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको अवस्थामा डिजिटल सामग्री सिर्जनाकर्ताको सिर्जनशीलता, प्रभाव र योगदानलाई औपचारिक रूपमा सम्मान गर्ने प्रयासका रूपमा यसलाई अघि बढाएको जनाएको छ।

अवार्डका लागि अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, आईएमई समूहका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेकनारायण भट्टराई निर्णायक रहेका छन्।

मनोनयनमा परेका प्रत्येक विधाका प्रतिस्पर्धीले अब आफ्नो विधाअनुसार भिडियो सामग्री तयार गर्नुपर्नेछ। त्यसपछि निर्णायकको मूल्यांकन र सार्वजनिक मतका आधारमा हरेक विधाबाट एक जना विजेता चयन गरिने आयोजकले जनाएको छ।

अवार्डका १० विधा र मनोनयनमा परेका सिर्जनाकर्ता :

एजुकेसन तथा फाइनान्स

रोनित श्रेष्ठ, हिमांशु पोखरेल, शुभम चापागाईं, सुरज तिमिल्सिना, रविन पौडेल, दिपेश शाही ठकुरी, पोषण भण्डारी, प्रशिका थापा, शर्मिला लामा र नवीन तिमल्सेना।

मनोरञ्जन

सम्राट अधिकारी, सन्दिप सुनार, सन्देश तामाङ, राजेश बोगटी, दिलिप ओखेडा, विवेक पाण्डे, लक्ष्मी ओली, आभाष निरौला, जुलिया मोक्तान र दिपेशकुमार शर्मा।

फेसन तथा सौन्दर्य

योगेश शर्मा, अदिती अधिकारी, सुष्मिता भुषाल, रोहिशा पुरी, असिम रानाभाट, रोसा मारिया लामा र तेजल थापा।

स्वास्थ्य तथा व्यायाम

नेपाली फिट ड्यूड, तेज गिरी, जिम कपन, सुदिप विष्ट र प्रिया बराल।

खाना

सोनी गुरुङ, मनिषा थापा, सुशान्त आचार्य, अभिनव जोशी, ऋचा श्रेष्ठ र सुशील कँडेल।

खेल तथा मनोरञ्जनात्मक खेल

विष्णु भण्डारी, आयुष महत, ब्रोक्जी अफिसियल र हेक्सल जीजी।

जीवनशैली

रियाना श्रेष्ठ, जेनिशा तिमल्सिना, अश्मी अमात्य, आयुष श्रेष्ठ, महफूज आलम, सुबेक्षा पोखरेल, अंकित श्रेष्ठ, अञ्जिला रजक, सुमितकुमार ओली र क्रिन्जल कार्की।

खेलकुद

सुजीत थापा र उज्वल प्रजापति।

प्रविधि

ऋषभ गौतम, निशान्त श्रेष्ठ, उमेश कुमार थापा, हेमप्रसाद भट्टराई र मिशन अधिकारी।

यात्रा

प्रशान्त सिंह ठकुरी, अमित विष्ट, विनोद पन्त, अर्पण घिमिरे, मनिषा महर्जन, रोशन खैतु, विदुर अधिकारी, अमन साह गुप्ता, समीर बानियाँ र सन्जिता पाठक।

यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै अवार्ड आयोजक स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाका निर्देशक सुरज गराच, कार्यक्रमका सिर्जनात्मक प्रमुख विक्रमादित्य शाह र जनसम्पर्क अधिकृत राजु जंग बस्नेतले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन्।

आयोजकका अनुसार रकम सानो भए पनि विपद्को समयमा गरिएको हरेक सहयोगले अर्थ राख्ने भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।