इम्पेरियल सेक्युरिटीजद्वारा दैवी प्रकोप उद्धार कोषमा २४ लाख सहयोग


काठमाडौं ।

अनामनगरस्थित ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्युरिटीजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ४५ हजार ५४५ रुपैयाँ सहयोग गरेको छ।

बाढी तथा पहिरो प्रभावित नागरिकका लागि सहयोग गरेको हो ।दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ।