काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोग गरेका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेसहितको टोलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषलाई हस्तान्तरण गरेको हो।
कम्पनीले विपद्का बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ। उक्त रकम बाढी प्रभावित परिवारको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा उपयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।












प्रतिक्रिया