काठमाडौं ।
कलाकार शारदा गिरी ‘कालीआमा’ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि सरकारी राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेकी छन्।
देश विपत्तिमा परेका बेला पीडित परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा रकम सहयोग गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
आफ्ना छोराछोरीहरूले पनि राहतका लागि सहयोग गरिसकेको उल्लेख गर्दै गिरीले आफूले पनि थप सहयोग गर्ने निर्णय गरेको बताएकी छन्।
‘यस्तो दुःखको समयमा जति सहयोग गरे पनि कम हुन्छ। मनले नमानेपछि मैले व्यक्तिगत रूपमा सरकारी राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेकी हुँ,’ उनले बताएकी छन्।
गिरी पछिल्लो समय ‘हल्का रमाइलो’ लगायत विभिन्न टेलिशृंखला तथा चलचित्रमा अभिनय गर्दै आएकी छन्। कलाकारितासँगै विपत्तिको समयमा पीडितका लागि सहयोग गर्ने उनको पछिल्लो कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि देखाएको छ।












प्रतिक्रिया