काठमाडौं ।
कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग लज्जास्पद हार बेहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा मात्र २६ रनमा अलआउट भएको थियो ।
नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान र यूएई छन् । यसै समूहअन्तर्गत भारत ‘ए’ र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो ३ः४५ बजे हुनेछ ।








तपाईंको विचार लेख्नुहोस्