काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाह आज दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार र विकास परियोजनालाई प्राथमिकता दिइने भएको छ।प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १:४५ बजे भारत प्रस्थान गर्नेछन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। साथै, भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेट हुनेछ।नेपालले विशेषगरी भैरहवा र महेन्द्रनगरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई भ्रमणको महत्त्वपूर्ण एजेन्डा बनाएको छ। यसका साथै आर्थिक प्याकेज, पूर्वाधार विकास र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास तथा विभिन्न विकास आयोजनाको उद्घाटन गर्ने तयारी छ। अयोध्या–जनकपुर रेलमार्ग, दार्चुलाको पुल, भैरहवाको एकीकृत जाँच चौकी र पनौतीस्थित नेपाल प्रहरी एकेडेमीको भवन उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ।प्रधानमन्त्री शाह उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय छलफल सकेर सोमबार स्वदेश फर्किने कार्यक्रम छ।








तपाईंको विचार लेख्नुहोस्