खोटाङ।
रावाबेसी गाउँपालिका खोटाङले विदुर भत्ता र अविवाहित महिला निर्वाह भत्ता वितरण गर्ने गरेको छ । गाउँपालिकाभित्र श्रीमतीको निधन भएको ४५ वर्ष पुगेका पुरुषलाई विदुर भत्ता र ५० वर्ष पुगेका अविवाहित महिलालाई निर्वाह भत्ता वितरण गर्ने गरेको हो ।
उक्त गाउँपालिकाका सूचना अधिकारी गिरीराज मगरका अनुसार विदुर भत्ता ३१ जना र अविवाहित महिला निर्वाह भत्ता १८ जनालाई मासिक जनही १ हजार ५ सय रूपैयाँका दरले वितरण गरिँदै आएको छ । उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० बाट विदुर भत्ता र आर्थिक वर्ष २०८०-८१ बाट अविवाहित महिला निर्वाह भत्ता वितरण गर्न सुरु गरेको मगरको भनाइ छ ।












प्रतिक्रिया