अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफ्ना फ्यानहरूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन्।
हमालका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
अस्ट्रेलियाको क्यानबेरामा सोमबार हमालसँग फ्यान भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा संकलन भएको रकम बाढी प्रभावितको सहयोगका लागि प्रदान गरिएको हो।
हमालसँगको भेटघाट कार्यक्रम आगामी ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केर्न्स र ९ सेप्टेम्बरमा ब्रिसबेनमा पनि आयोजना हुँदैछ। ती कार्यक्रमबाट संकलन हुने रकमसमेत उद्धार कोषमा उपलब्ध गराउने जनाइएको छ।
यी सबै कार्यक्रम ८८४८ मःम हाउसको आयोजनामा भइरहेका हुन्। हमाल हाल अस्ट्रेलियामा रहेका छन् र १० सेप्टेम्बरमा नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ।












प्रतिक्रिया