हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अमेरिकाबाट नयाँ हास्य सिरियल म त मर्छु कि क्या हो निर्माण गरेका छन्।
सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार सिरियलको छायांकन नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरोलगायत विभिन्न स्थानमा गरिएको छ। सिरियल हरेक साता शुक्रबार नेपाली समय ८.१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी गराएका छन्।
म त मर्छु कि क्या हो नाम धुर्मुसको विगतमा चर्चित संवाद तथा थेगोबाट लिइएको हो। सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। सिरियलमा हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिंदैछन्। होस प्रसाद, मिस्टर फन्टुसलगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन्। यसबाहेक सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागा“ई चुडा धिमाल, धर्म भारतीलगायत कलाकारले अभिनय गरेका छन्। यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन्।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ। सिरियलले अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीस“गै त्यहा“को जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभव र कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्ने जनाइएको छ।












प्रतिक्रिया